Section 8
राष्ट्रिय समन्वय समितिको गठन
(१) सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी कृयाकलापमा वित्तीय लगानी सम्बन्धी कसूर निवारण गर्ने सम्बन्धमा अन्तर निकाय बीच समन्वय गर्न र नेपाल सरकारलाई आवश्यक सुझाव दिनको लागि देहाय बमोजिमको एक राष्ट्रिय समन्वय समिति रहनेछः–
(क) सचिव, अर्थ मन्त्रालय – संयोजक
(ख) सचिव, कानून, न्याय तथा संसदीय व्यवस्था मन्त्रालय – सदस्य
(ग) सचिव, गृह मन्त्रालय – सदस्य
(घ) सचिव, परराष्ट्र मन्त्रालय – सदस्य
(घ१) सचिव, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय – सदस्य
(घ२) नायव महान्यायाधिवक्ता, महान्यायाधिवत्ताको कार्यालय – सदस्य
(घ३) सचिव, अख्तियार दुरुपयोग अनुसन्धान आयोग – सदस्य
(ङ) डेपुटी गर्भनर, राष्ट्र बैंक – सदस्य
(ङ१) प्रहरी महानिरीक्षक, नेपाल प्रहरी – सदस्य
(च) प्रमुख, सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग – सदस्य
(२) वित्तीय जानकारी इकार्ईको प्रमुखले उपदफा (१) बमोजिमको राष्ट्रिय समन्वय समितिको सचिवको रुपमा काम गर्नेछ र वित्तीय जानकारी इकाईले राष्ट्रिय समन्वय समितिको सचिवालयको रुपमा काम गर्नेछ ।
(३) उपदफा (१) बमोजिमको राष्ट्रिय समन्वय समितिको बैठक सम्बन्धी कार्यविधि सो समिति आफैले निर्धारण गरे बमोजिम हुनेछ ।